डाबरले उत्पादन वृद्धिका लागि झण्डै १० अर्ब लगानी भित्र्याउँदै, लगानी बोर्डले लियो स्वीकृति


२५ माघ २०७८, मंगलवार
plus

काठमाडौं । डाबर नेपालले झण्डै १० अर्ब रुपैयाँ लगानी भित्र्याउन स्वीकृति पाएको छ । लगानी बोर्डको आज (मङ्गलबार) बसेको बोर्ड बैठकले बहुराष्ट्रिय कम्पनी डाबरबाट डाबर नेपालमा थप नौ अर्ब ६८ करोड रुपैयाँ भित्र्याउन अनुमति दिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले जानकारी दिए ।

‘डाबरले नेपालमा क्षमता विस्तार गर्न र उत्पादनमा विविधता थप्न लगानी बढाउने अनुमति मागेको थियो, आजको बैठकले स्वीकृत गरेको छ, यो खुशीकै विषय हो’, सीईओ भट्टले भने । डाबरले गएको वैशाखमै नेपालमा थप लगानी भित्र्याउन अनुमति मागे पनि बोर्ड बैठक बस्न ढिलाइ हुँदा स्वीकृति हुन सकेको थिएन ।

डाबर नेपालले विभिन्न जुस, क्रिम, ग्लुकोज, स्याम्पु, महलगायतका वस्तु उत्पादन गर्दै आएको छ । डाबरले वार्षिक झण्डै एक अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात पनि गर्दै आएको छ । डाबर नेपालको नाफा वार्षिक ५० करोड रुपैयाँको हाराहारीमा रहेको छ । डाबरमा ९७ दशमलव पाँच प्रतिशत भारतीय र साढे दुई प्रतिशत लगानी नेपाली व्यवसायीको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७