सरकारले भन्यो, ‘चीन-नेपाल सीमा विवादको वास्तविकता उपयुक्त समयमा बाहिर ल्याइन्छ’


२५ माघ २०७८, मंगलवार
gyanendra karki

काठमाडौं । सरकारले चीनसँगको सीमा विवादसम्बन्धी विषय वास्तविकताका आधारमा उपयुक्त समयमा बाहिर ल्याउने बताएको छ ।
आज (मंगलबार) मन्त्रिपरिषद्का निणर्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा बाहिर ल्याउने बताएका हुन् ।

उनले कुनै रिपोर्टको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताए । मन्त्री कार्कीले सरकार छिमेकी देशहरुसँग सीमा समस्या आउन नदिनको लागि प्रयत्नशील रहेको पनि बताएका छन् ।

सरकारका प्रवक्ता कार्कीले भने, ‘चीनसँगको सीमा विवादको सम्बन्धमा सरकारले रिपोर्टहरूको आधारमा होइन वास्तविकताको आधारमा उपयुक्त समयमा यसको वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ । हाम्रो सीमा चाहे भारतसँग होस् चाहे चीनसँग, सीमामा कुनै समस्या छन् भने ती समस्याहरुलाई सरकार कूटनीतिक ढङ्गले समाधान गर्नेछौं । यी समस्याहरु आउनु हुन्न र आउन नदिनको निम्ति सरकार सदैव प्रयत्नशील रहन्छ ।’ प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७