एमाले चुनावतिर, एस पार्टी संगठन विस्तारमा


२६ माघ २०७८, बुधबार
kp oli madhav nepal
फाइल फोटो

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ ।

एमालेले चुनाव केन्द्रित रहेर सात वटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूलाई कार्यक्रम तालिकासहित आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् । पोखरेलले जारी गरेको निर्देशनअनुसार कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नेछन् । उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी सहभागी रहने छन् ।

प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका इन्चार्ज तथा सहइञ्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरू, प्रदेशअन्तर्गतका सबै जिल्ला कमिटी इन्चार्ज, सहइन्चार्ज, पदाधिकारीलगायत सहभागी हुने एमालेले जनाएको छ ।

एमालेले तय गरेअनुसार फागुन १-२ मा प्रदेश नं। १ को विराटनगरमा, फागुन ३-४ गते मधेस प्रदेशको जनकपुरमा, ६-७ गते वाग्मतीको काठमाडौंमा, फागुन ८-९ मा गण्डकीको पोखरामा प्रशिक्षण हुनेछ । त्यस्तै लुम्बिनी प्रदेशका बुटवल र दाङमा फागुन ११-१२, कर्णाली प्रदेशको सुर्खेतमा फागुन १४-१५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १६-१७ गते प्रशिक्षण कार्यक्रम हुने एमालेले जनाएको छ ।

सातवटै प्रदेशमा कार्यक्रम सकेपछि जिल्ला र महानगर तथा सबै स्थानीय तहमा कार्यक्रम गर्ने योजना एमालेले बनाएको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेपछि पार्टीले आन्तरिक तयारी र संगठन बलियो बनाउन भेला र प्रशिक्षणको कार्यक्रम आयोजना गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । ‘समयमा निर्वाचन होस् भन्ने एमालेको माग थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७