बेलायती विशेष फौजका सय बढी सदस्य युक्रेन पुगे


२६ माघ २०७८, बुधबार
uk force SDHhR8SHEl

काठमाडौं । बेलायती विशेष फौजका सय भन्दा धेरै सदस्य युक्रेन पुगेका छन् । उनीहरु युक्रेन र रुसको सीमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको बेलायती अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।

रुसले युक्रेनको सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिक परिचालन गरेको चर्चा चलिरहेका बेला बेलायती विशेष फौजका सदस्यहरु पनि त्यहाँ पुगेका हुन् । युक्रेनका एक उच्च अधिकारीले पनि बेलायतबाट आफूहरूले सय जनाभन्दा धेरै सुरक्षाकर्मी प्राप्त गरेको पुष्टि गरेका खबरमा उल्लेख छ ।

रुस, युक्रेन र पश्चिमा देशबीचको तनाब झण्डै ८ वर्ष अघिदेखि नै देखिएको हो । त्यतिबेला रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो भूगोलमा गाभेको थियो । रुसले पूर्वी डोनबस क्षेत्रमा विद्रोही समूहलाई सघाइरहेको आरोप पश्चिमी देशहरुले लगाएका छन् । तर रूसले यसलाई अस्वीकार गर्दै आएको छ । त्यही क्षेत्रमा रुसले अहिले एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७