म्यानचेस्टर बर्नलीसँग बराबरीमा रोकियो


२६ माघ २०७८, बुधबार
Manchester united burnley U0K3nTu5JV

काठमाडौं । इङलिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड बर्नलीसँग १-१ को बराबरीमा रोकिएको छ ।
खेलको १८ औं मिनेटमा नै म्यानचेस्टर युनाइटेडले पाउल पोग्बाको गोलबाट अग्रता लिएको थियो । यद्यपि खेलको ४७ औं मिनेटमा बर्नलीका जे रोड्रिगेजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलमा थप गोल हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका हुन् । यससँगै म्यानचेस्टर युनाइटेड अङ्क तालिकाको पाँचौं स्थानमा झरेको छ । उसले २३ खेलबाट ३९ अंक जोडेको छ । तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलबाट ५७ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७