इङलिस प्रिमियर लिग : वेस्ट ह्याम र न्युकास्टलको जित


२६ माघ २०७८, बुधबार
west ham uCijLhMHHA

काठमाडौं । इङलिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएका खेलमा वेस्ट ह्याम र न्युकास्टल युनाइटेडले जित हात पारेका छन् ।
वेस्ट ह्यामले वाटफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो भने न्युकास्टल युनाइटेडले एभर्टनलाई ३-१ गोल अन्तरले हरायो । मंगलबारको खेलमा वेस्ट ह्यामलाई जिताउन जारोड बोवेनले खेलको ६८ औं मिनेटमा निर्णायक गोल गरे ।

त्यस्तै अर्को खेलमा न्युकास्टलले एभर्टनलाई ३-१ गोल अन्तरले हराएको थियो । जसमा १ मिनेटको अन्तरमा दुवै टोलीले १/१ आत्मघाती गोल गरेका थिए । यससँगै वेस्ट ह्याम २४ खेलबाट ४० अंकका साथ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने न्युकास्टल २२ खेलबाट १८ अंकका साथ १७ औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७