‘चिसो मान्छे’ असार ३ गते रिलिज हुने


२६ माघ २०७८, बुधबार
Chiso manxe poster1644367134

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ को रिलिज डेट पुनः सरेको छ । वैशाख ३० गते प्रर्दशन हुने भनिएको चलचित्रको रिलिज डेट चुनावका कारण सरेको हो ।

सरकारले वैशाख ३० गते स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेपछि निर्माण पक्षले नयाँ प्रदर्शन मिति तय गरेको हो । निर्देशक दीपेन्द्र के खनालका अनुसार अब यो चलचित्र असार ३ गते रिलिज हुनेछ ।

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रको कथा पनि उनी स्वयंले लेखेका छन् । शर्मिला पाण्डेको निर्माण रहेको चलचित्रमा स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् । चलचित्रमा अपणर् थापा र देशभक्त खनाल पनि लिड रोलमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७