पोर्न साइट छिर्न उमेर प्रमाणीकरण गराउनु पर्ने


२६ माघ २०७८, बुधबार
2 PORN SITE ACCESS1644339339

काठमाडौं । संयुक्त अधिराज्यका आगामी नयाँ इन्टरनेट सुरक्षा कानुनअनुसार पोर्न वेवसाइटहरू प्रयोकर्ताहरूले कानुनी रूपमै प्रयोगकर्ताको उमेर प्रमाणीकरण गराउनुपर्ने भएको छ ।

अनलाइन सुरक्षा विधायकको मूल उद्देश्य बालबालिकालाई यस्ता अश्लील सामग्रीबाट टाढै राख्नु रहेको छ । अबदेखि प्रयोगकर्ताहरूले आफू कम्तीमा अठार वर्ष पुगेको वा सो भन्दामाथि रहेको पुष्टि गर्न आफ्नो क्रेडिट कार्ड वा कुनै तेश्रो आधिकारिक पक्ष प्रयोग गर्नुपर्ने भएको छ ।
यो कानुन पालना गर्नबाट चुकेको कुनै पनि साइटलाई विश्वभरिबाट त्यसले कमाउने कूल वार्षिक रकमको दस प्रतिशत जरिवाना तोकिने भएको छ ।

यो विधेयक केही महिना पछि नै संसद्मा पेश गरिने छ । बालबालिका सुरक्षा समूहहरूले लामो समयदेखि नै सरकार समक्ष यस्ता अश्लील सामग्रीका भिडियो तथा तस्बिर राखने पार्ने साइटमा प्रवेश गर्न उमेर प्रमाणिकीकरण गरिनुपर्ने प्रावधानको व्यवस्था गर्न अनुरोध गर्दै आइरहेका थिए । अहिले सार्वजनिक रुपमा उपलब्ध यस्ता साइटमा नाबालकहरूको पनि सजिलै पहुँच पुग्ने सम्भावना रहेको छ । सन् २०१९ मा पनि यस्तै खाले विधेयक अघि सारिएको थियो । तर त्यो गन्तव्यमा पुग्न सकेन ।

हालसम्म गरिएका अध्ययनले ११ देखि १३ वर्ष उमेर समूहका बालबालिकाले जीवनमा कम्तीमा एक पटक त्यस्तो पोर्न साइट हेरेको पत्ता लगाएका छन् । विशेषज्ञहरूले त्यसबाट बालबालिमा यौन प्रति अस्वस्थ दृष्टिकोण बन्ने र तिनीहरू यौन उत्पीडकहरूका शिकार हुने सम्भावना बढ्ने तथा आफूमाथि भएको यौन शोषणबारे तिनीहरूले अरूलाई बताउन नसक्ने जनाएका छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७