धापासीमा कारले ठक्कर दिंदा बालकको गयो ज्यान


२६ माघ २०७८, बुधबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

काठमाडौं । काठमाडौंको धापासीमा मंगलबार बेलुकी कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिँदा स्थानीय ३ बर्षीय श्रीयन पाण्डेको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा राति साढे ९ बजे धापासी स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७