भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते (सूचनासहित)


२६ माघ २०७८, बुधबार
bhansar bivag1621840293

काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षा आउँदो फागुन २८ गते हुने भएको छ । कोभिड-१९ का कारण यसअघि स्थगित परीक्षा सञ्चालन गर्न लागिएको भन्सार विभागले जनाएको छ । परीक्षा केन्द्र पछि प्रकाशन गरिने विभागले जानकारी दिएको छ ।

जसअनुसार २८ फागुन दिउँसो २ बजे लिखित परीक्षा तय भएको छ । तर परीक्षा केन्द्र निर्धारण भइसकेको छैन । भन्सार एजेन्टमा २२ वर्षपछि भर्ना खुलेको थियो । पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न अदालतमा मुद्दा दायर गरेपछि लामो समयसम्म प्रक्रिया अगाडि बढ्न सकेको थिएन । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो ।

भन्सार एजेन्टल विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात-निर्यातमा सहजीकरण गर्ने छन् । एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुने छ । भन्सार विभागले २०५६ सालमा भन्सार एजेन्ट परीक्षा प्रक्रियाबाट छनोटगरी ५८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो संख्या अहिले घट्दै गएर १७० जनामा सीमित भएको छ ।
हेर्नुस् सूचना

kmadfkmg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७