एमसीसीको विरोधमा आधा दर्जन दलले संसद भवन घेराउ गर्दै


२६ माघ २०७८, बुधबार
119 Shares
biplaiaahuti Gwjfsz3IzO

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका आधा दर्जन दलहरूले अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गर्दै छन् ।

पूर्व निर्धारित कार्यक्रम अनुसार उनीहरूले आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवन घेर्दै प्रदर्शन गर्न लागेका हुन् । दिउँसो १ बजे माइतीघर मण्डलामा केन्द्रित भएर र्‍यालीसहित नयाँबानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्ने योजना छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कणर्जित बुढाथोकी नेतृत्वको समाजवादीले संयुक्त रुपमा विरोधका कार्यक्रम तय गरेका हुन् । यसमा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा र मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पनि संलग्न छन् । यसअघि उनीहरुले एमसीसीको विरोधमा मंगलबार देशभर कोणसभा गरेका थिए ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७