लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार मंगलबारको तुलनामा सुनको भाउ तोलाको ३ सय रुपैयाँले बढेको हो ।
योसँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा पुगेको छ । बुधबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ ।