कांग्रेस पदाधिकारी बैठकअघि शेखर समूहको छुट्टै छलफल


२६ माघ २०७८, बुधबार
shekhar group 4 LfgIFYyLoN

काठमाडौं । स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बुधबार) पनि बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो ।

पार्टी सहमहामन्त्री भीष्मराज आङदेम्बेले आसन्न स्थानीय तह निर्वाचन, म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा बैठकमा छलफल हुने बताए । आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डाबारे पनि पदाधिकारी बैठकमा छलफल हुनेछ ।

यसैबीच पदाधिकारी बैठकअघि शेखर कोइराला समूहले छुट्टै छलफल गर्दैछ । पदाधिकारी र कार्यसम्पादन समिति बैठकका लागि रणनीति तय गर्न पदाधिकारी र कार्य सम्पादनमा रहेका आफूपक्षीय नेताहरू राखेर शेखरले दिउँसो १ बजे छलफल गर्न लागेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७