अमेरिकाले बढायो कूटनीतिक सक्रियता : एमाले अध्यक्ष ओलीसँग राजदूत बेरीको भेटवार्ता


२६ माघ २०७८, बुधबार
randy berry oli home

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई लिएर राजनीतिक दलहरुबीच तीब्र मतान्तर बढिरहेका बेला अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले कूटनीतिक सक्रियता बढाएका छन् ।

राजदूत बेरीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार बेलुका भक्तपुर बालकोटस्थित उनकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाइँले राजदूत बेरी र ओलीबीच भेटवार्ता भएको बताएका छन् । तर, वार्तामा केही विषयमा छलफल भयो भन्नेबारे चाहिँ उनले खुलाएनन् । अमेरिकाले एमसीसीबारे निणर्य लिन फागुनको दोस्रो हप्तासम्मको समयसीमा सरकारलाई दिएको छ ।

मंगलबार बेलुका स्थगित गरिएको संसद बैठक बोलाउनुअघि राजदूत बेरी र ओलीबीचको भेटलाई अर्थपूणर् रुपमा लिइएको छ । एमालेले लगातार संसद अवरोध गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७