पोखरामा मोटरसाइकल र जीप ठोक्किँदा युवकको मृत्यु

पोखरा । कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जामा मंगलबार बेलुकी मोटरसाईकल र बोलेरो जीप ठोक्किँदा एक युवकको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक पोखरा महानगरपालिका-५ प्रस्याङ धारापानीका २६ वर्षीय दिपक नेपाली रहेका छन् ।
उनको उपचारको क्रममा पोखरा स्थित मणिपाल अस्पतालमा मंगलबार राति पौने १० बजे मृत्यु भएको हो । गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार गुल्मीका २२ वर्षीय सुनिल नेपालीको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।
ग १ ज ५०५६ नम्बरको जीपले नेपालीद्धय सवार ग ६ प ८८०२ नम्बरको मोटरसाइकललाई मंगलबार राति ९ बजे ठक्कर दिएको थियो । ठक्कर दिने जीपसहित चालक वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा रहेका छन् ।