कमलपोखरीमा नौ चैत्य प्रतिस्थापन, १५ दिनभित्र उद्घाटन गरिने


२६ माघ २०७८, बुधबार
kamal pokhari

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणको काम लगभग सकिएको भन्दै अबको करिब १५ दिनभित्रमा उद्घाटन गरिने बताएका छन् ।

पुनर्निर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजनाअनुरूप नौवटा चैत्यको आज विधिवत रूपमा प्रतिस्थापन गर्दै उनले यस्तो बताएका हुन् ।

‘काठमाडौं महानगरपालिकाले प्रदूषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रूपमा विकास गरिएको छ’, मेयर शाक्यले भने, ‘ठेकेदारले १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्योलगत्तै हामी पोखरीको उद्घाटन गर्छौ ।’

पोखरी पुनर्निमाणर्णको काम एक वर्षअघि नै सम्पन्न हुनुपर्ने भए पनि कोभिड-१९ का कारण केही ढिलाइ भएको उनले स्वीकार गरे । पहिलो चरणको काम सम्पन्न हुने बित्तिकै उद्घाटन र दोस्रो चरणको काम सुरु गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७