कोलम्बियामा पहिरो : १४ को मृत्यु, ३५ घाइते


२६ माघ २०७८, बुधबार
Columbia 1 20220209080230

काठमाडौं । कोलम्बियामा पहिरोमा परी कम्तीमा १४ मानिसको मृत्यु भएको छ । भारी वर्षापछि कोलम्बियाको रिसाल्डा प्रान्तको डस्कीब्रेडासमा बुधबार बिहानै गएको पहिरोमा परि कम्तीमा १४ मानिसको मृत्यु भएको हो ।

सो पहिरोमा परी अन्य ३४ मानिस गम्भीर घाइते भएको त्यहाँको राष्ट्रिय विपद् विभागले जनाएको छ । विभागका अनुसार अन्य एक मानिस अझै बेपत्ता भएका छन् । उद्धारकर्ताहरुले पहिरोमा फसेकाहरुको उद्धार खोजी गरिरहेको बताइएको छ ।

पहिरो खस्दा विस्फोटक पदार्थ पड्किएको जस्तो आवाज आएको र पहिरो गएको ठाउँमा ठूलो पहाड खसेको स्थानीयले एएफपी समाचार एजेन्सीसँग बताएका छन् । पहिरोमा परी कैयौं घरहरु पुरिएको र पुरिएको घरबाट दर्जनौं मानिसको उद्धार गरिएको बताइएको छ । यसअघि सन् २०१७ मा मोकोवा शहरमा गएको पहिरोमा परी ३२० भन्दा बढि मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७