सरकारलाई लोसपाको प्रस्ताव : मधेस प्रदेशमा स्थानीय चुनाव असोजमा गरौं


२६ माघ २०७८, बुधबार
jitendra sonal losapa scaled

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले स्थानीय तहका पदाधिकारीको कार्यकाल नसकिँदै स्थानीय तहको चुनाव गराउन लागेकोप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ ।

लोसपा नेपाल मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बुधबार एक विज्ञप्ति जारी गरी स्थानीय तहको पदाधिकारीको पाँच वर्षको पदावधि संविधानको धारा २१५ को ६, २१६ को ६ र २२० को ५ अनुसार हुने भनिएको र कुनै निर्वाचित पदाधिकारीको कार्यकाल एक दिन पनि तलमाथि गरिनु संविधानको मर्म र भावना विपरित हुने उल्लेख गरेका छन् ।

स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । पहिलो चरणमा २०७४ बैशाख ३१ गते, दोस्रो चरण असार १४ गते र तेस्रो चरण असोज २ गते भएको थियो । वैशाख ३१ गते भएको पहिलो चरण चुनाव संविधान अनुसार नै भइरहे पनि असार १४ गते भएको दोस्रो चरणको चुनावभन्दा अहिलेको चुनाव डेढ महिना अगाडि नै भइरहेको लोसपाको भनाइ छ ।

असोज २ गते भएको तेस्रो चरणको चुनावभन्दा अहिलेको चुनाव ६ महिना अगाडि नै भइरहेको छ । असोज २ गते निर्वाचित भएका पदाधिकारीको म्याद पाँच वर्ष पुग्न ६ महिना बाँकी नै रहँदा चुनाव हुनु न्याय संगत नभएको अध्यक्ष सोनलले बताए । यद्यपी स्थानीय चुनाव घोषणा हुनु सकारात्मक रहेको रहे पनि संविधानअनुसार सबै चल्नुपर्ने उनको भनाइ छ ।
हेर्नुस् विज्ञप्ती

lo

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७