दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम तीन अर्ब पनि पुगेन


२६ माघ २०७८, बुधबार
28 Shares
share market %E0%A4%97%E0%A4%BF%E0%A4%B0%E0%A4%BE%E0%A4%B5%E0%A4%9F

काठमाडौं । शेयर बजार आज (बुधवार) पनि ओरालो लागेको छ । हिजो मङ्गलवार १६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ११ अङ्कले घटेर दुई हजार आठ सय १३ दशमलव ४७ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कारोबार रकम र संख्यामा पनि कमी आएको छ । ६५ लाख २० हजार कित्ता शेयर तीन अर्ब ४७ करोड ११ लाख रुपैयाँमा कारोबार भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको १८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि लिबर्टी इनर्जीको शेयर तीन प्रतिशतले बढेको छ ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७