कांग्रेस पदाधिकारी बैठक शुरु, ओलीसँगको भेटबारे शेखरले देउवालाई ‘ब्रिफिङ’ समेत गर्ने


२६ माघ २०७८, बुधबार
deuwa shekhar

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार अपराह्न पदाधिकारी बैठक शुरु भएको हो ।

निर्वाचन, एमसीसीलगायतका एजेण्डामा बैठक बसेको हो । सभापति शेरबहादुर देउवासहित बसेको बैठकमा निर्वाचनको भावी रणनीति, एमसीसीलगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको एजेण्डाका विषयमा पनि छलफल भइरहेको बताइएको छ । यसअघि कांग्रेस नेता शेखर कोइराला पक्षको बैठक बसेको थियो । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन् ।

बालुवाटार क्षेत्रमै कांग्रेस इतर समूहका नेताहरुबीच छलफल भएको स्रोतले जनाएको छ । यसअघि हिजो मंगलबार कांग्रेस नेता कोइरालाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए । सो भेटमा संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा छलफल भएको थियो । यस्तै, स्थानीय तहको निर्वाचन र अवरुद्ध संसद खुलाउने विषयमा समेत दुई नेताबीच छलफल भएको थियो ।

सभापति देउवासँगको भेटमा नेता कोइरालाले ओलीसँग भएका छलफल बारे ब्रिफ्रिङ गर्ने स्रोतले जनाएको छ । त्यसका साथै पार्टीको आन्तरिक विषयमा समेत कुराकानी हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७