बैसाख ३० मा स्थानीय निर्वाचन गर्ने निर्णयविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ


२६ माघ २०७८, बुधबार
sarbochha 1

काठमाडौं । स्थानीय तह निर्वाचनको मितिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजीवकुमार साहले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनु पर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सरकारले वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि यसविरुद्ध दायर भएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ ।

मेयर साहको तर्फबाट सबि हाडाले मंगलबार सर्वोच्चमा रिट पेस गरेका थिए । तर सर्वोच्चले बुधबार उक्त रिट दरपीठ गरिदिएको हाडाले जानकारी दिए । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ । रिटमा वैशाख ३० मै निर्वाचन गरे पनि असोज २ गते मात्रै आफ्नो ५ वर्ष पुग्ने भएकाले सो अवधिसम्म काम गर्न पाउनुपर्ने माग गरेका थिए । तर सर्वोच्चले उनको माग अस्वीकार गरेको हो ।

सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगसँग छलफल गरेर गत सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निणर्य लिएको थियो । यसअघि २०७४ वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७