२८ सह-सचिवको सरुवा, को कहाँ पुगे ?


२७ माघ २०७८, बिहीबार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 3

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले तीन दिन अघि सहसचिवको सरुवासम्बन्धी निणर्य लिएका हुन् । यद्यपी संघीय मामिला मन्त्रालयले सहसचिव सरुवाको निर्णय औपचारिक रुपमा बाहिर ल्याएको छैन ।

मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाले सहसचिवहरुको सरुवा गरिएको जनाएको छ । शाखाका अनुसार राष्ट्रिय किताबखानामा रहेका सहसचिव नेत्र प्रसाद सुवेदीको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा रहेका सहसचिव राजेन्द्र पराजुली मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएका छन् । नारायण सापकोटाको अर्थ मन्त्रालय अन्तर्गतबाट लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ । अर्थ मन्त्रालय अन्र्तगत गरेका सहसचिव महेश आचार्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेश प्रदेशमा सरुवा भएको छ ।

हाल अर्थ मन्त्रालयमा रहेका श्रीकृष्ण नेपालको श्रम मन्त्रालयमा र संघीय स्वाथ्य मन्त्रालयमा रहेका श्रीराम तिवारीको गण्डकी प्रदेश स्वाथ्य मन्त्रालयमा सरुवा भएको छ । खानेपानी मन्त्रालयमा रहेका जक्की अन्सारीको लुम्बिनी प्रदेशको सहकारी विकास मन्त्रालयमा, संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वैकुण्ठ अधिकारीको कृषि मन्त्रालय लुम्बिनी प्रदेशमा, शिक्षा मन्त्रालयमा रहेका रामशरण सापकोटाको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा भएको छ ।

शिक्षा मन्त्रालयमा रहेका सहसचिव अण न्यौपानेको मधेस प्रदेशको प्रदेश लोक सेवा आयोगमा, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरमा रहेका अनुज भट्टचनको प्रदेश नं १ को स्वास्थ्य मन्त्रालयमा र जल तथा ऊर्जा आयोगबाट नवीन राज सिंहको प्रदेश १ को ऊर्जा मन्त्रालयमा सरुवा भएको छ ।

हाल रक्षा मन्त्रालयमा रहेका सहसचिव प्रेमलाल लामिछानेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै लोकसेवा आयोगमा रहेका टेक बहादुर केसीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ ।

त्यसैगरी केही समययता संघीय मामिला मन्त्रालय अन्र्तगत अतिरिक्तमा रहेका सहसचिवहरुको पनि पदस्थापन भएको छ । सहसचिव बलराम निरौलाको बाग्मती प्रदेशको भूमि व्यवस्था मन्त्रालयमा, देवेन्द्र लामिछानेको सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा, प्रेमराज गिरीको प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशमा सरुवा भएको हो ।

अर्का सहसचिव रामहरि ज्ञवालीको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ । त्यसैगरी उद्धवप्रसाद रिजालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश एकमा र ईश्वरकुमार गिरीको पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश एकमा सरुवा भएको छ । हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सहसचिवद्वय यम प्रसाद भुसाल र कुमार प्रसाद दाहाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ ।

सहसचिव डा. शान्ता कार्कीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको छ । उनी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशमा कार्यरत थिइन् । बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयमा रहेका सहसचिव यज्ञ प्रसाद ढुंगेलको रक्षा मन्त्रालयमा सरुवा भएको छ । सहसचिव महेशचन्द्र न्यौपानेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।

हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश एकमा रहेका सहसचिव माधव प्रसाद पोखरेलको सोही प्रदेशको उद्योग, श्रम तथा रोजगार मन्त्रालय प्रदेश एकमा सरुवा भएको छ । यस्तै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट सहसचिव विनोद कुँवरको सोही प्रदेशको लोक सेवा आयोगमा सरुवा भएको छ । कर्णाली प्रदेशको वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयमा रहेका जगदीश्वर कर्माचार्यको सोही प्रदेशकै ऊर्जा मन्त्रालयमा सरुवा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७