राष्ट्रपतिले स्वास्थ्य लाभको कामना गरिन्, स्वास्थ्यमन्त्रीले अस्पताल पुगेर भेटे


२७ माघ २०७८, बिहीबार
Satya mohan joshi3 scaled

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेकी छन् ।
राष्ट्रपति भण्डारीका तर्फबाट उनका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरु बुधबार संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पताल पुगेर स्वास्थ्यलाभको कामना गरेका हुन् ।

बुधबारै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पनि अस्पताल पुगेर जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । केही दिनअघि स्वास्थ्यमा समस्या भई उपचारार्थ भर्ना भएका जोशीको हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका भतिज अजर जोशीले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७