सिटीले ब्रेन्टफोर्डलाई हरायो, टोटनह्याम साउथह्याम्पटनसँग स्तब्ध


२७ माघ २०७८, बिहीबार
sprus qP9N8qiDqM

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हराएको छ । बेन्टफोर्डलाई हराउने क्रममा सिटीका लागि महरेज र केभिन डी ब्रुयनले गोल गरे ।

सिटी ६० अङ्कसहित शीर्ष स्थानमा छ । गएराति नै भएको खेलमा साउथ ह्याम्पटनले टोटनह्यामलाई ३-२ गोलले हरायो । टोटनह्यामले १८ मिनेटमा आत्मघाती गोल उपहार पाएर अग्रता बनाएको थियो । तर २३ मिनेटमा साउथह्याम्पटनका ब्रोजाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

७० मिनेटमा टोटनह्यामका सोन ह्युङ मिनले गोल गरेर टिमलाई अग्रता दिलाए तर ७९ र ८२ मिनेटमा गोल गर्दै साउथह्याम्पटन विजयी भयो । साउथह्याम्पटन २८ अङ्कका साथ दशौं स्थानमा पुगेको छ । टोटनह्याम सातौं स्थानमा छ । यस्तै, नर्विच सिटी र क्रिस्टल प्यालेस तथा लिड्स युनाइटेड र एस्टन भिल्लाले बराबरी खेलेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७