कोरोना प्रतिबन्धमा पनि एसिया प्रशान्त क्षेत्रको व्यापारमा तीव्र वृद्धि


२७ माघ २०७८, बिहीबार
ADB1644456089

काठमाडौं । कोभिड-१९ प्रतिबन्धहरूका बाबजुद गत वर्ष एसिया प्रशान्त क्षेत्रको व्यापार तीव्र रूपमा वृद्धि भएको छ । कोभिड-१९ सम्बन्धी प्रतिबन्ध र आपूर्ति सञ्जालमा अवरोध भए पनि विश्वव्यापी औसतभन्दा तीव्र वृद्धि भएको एसियाली विकास बैंक (एडीबी) ले जनाएको छ ।

बुधबार सार्वजनिक गरिएको एसियन इकोनोमिक इन्टिग्रेसन रिपोर्ट २०२२ अनुसार विश्वव्यापी वृद्धि करिब २८ प्रतिशतको तुलनामा सन् २०२१ को पहिलो तीन त्रैमासिकमा एसिया प्रशान्त क्षेत्रको वृद्धि लगभग ३० प्रतिशत छ ।

सन् २०२० मा ३.१ प्रतिशत संकुचनपछि यस क्षेत्रका अर्थतन्त्रहरूबीचको व्यापार मात्रै ३१ प्रतिशतले बढेको मनिलास्थित विकास बैंकले जनाएको छ । महामारीको समयमा बढ्दो क्षेत्रीय एकीकरणको बेला यस क्षेत्रभित्रको व्यापारको अंश ५८.५ प्रतिशत पुग्यो । यो सन् १९९० यताकै उच्च हो । मुख्यतः चीनको कारण यो भएको हो ।

उत्तर अमेरिका र युरोपसँगै संयुक्त अधिराज्य (यूके) को तुलनात्मक तथ्याङ्क क्रमशः ३९.३ प्रतिशत र ६३.८ प्रतिशत थियो । एडीबीका प्रमुख अर्थविद अल्बर्ट पार्कले यी तथ्याङ्कले कोभिड-१९ बाट ‘लचकतापूणर् रिकभरी’ को उत्साहजनक संकेतहरू प्रदान गरेको बताए ।
‘महामारीले देखिने गरी आर्थिक क्षति पुर्‍याएको छ र गरिबी घटाउन कठिन मिहेनत गरी प्राप्त गरेको उपलब्धिलाई उल्ट्याएको छ’, पार्कले भने । ‘समावेशी र दिगो आर्थिक वृद्धिमा फर्कन सहयोग गर्न हामीले क्षेत्रीय एकीकरण र सहयोगको उपलब्धिहरूमा निर्माण गर्नुपर्छ ।’
उत्तर अमेरिका र युरोपले ओमिक्रोन कोरोना भाइरस भेरियन्टको फैलावटबीच आफ्नो अर्थतन्त्र पुनः खोल्न अगाडि बढिरहेका बेला एसिया प्रशान्तले भने सतर्कता अपनाइरहेको छ । यस क्षेत्रको धेरैजसो क्षेत्रमा महामारीको सुरुवातको तुलनामा कम प्रतिबन्ध छैन ।

चीन, हङकङ, जापान र दक्षिण कोरिया लगायत प्रमुख अर्थतन्त्रहरूले व्यवसायमा कडा प्रतिबन्धहरू लगाउन जारी राखेका छन् । यस्तै यात्रा पनि ठप्प छ । गत वर्ष एसिया प्रशान्त क्षेत्रमा हवाई यात्रा महामारी पूर्वको तुलनामा ९३.२ प्रतिशतले कम थियो । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एशोसिएसनकाअनुसार यो कुनै पनि क्षेत्रको सबैभन्दा ठूलो गिरावट हो ।

यसैबीच, एसियाली विकास बैंकका अध्यक्ष मासात्सुगु आसाकावाले उच्च खोप दर र ओमिक्रोनको लक्षण कम गम्भीर भएको अवस्थामा कडा प्रतिवन्धहरूलाई उचित ठहर्याउन कठिन भएको बताएका छन् । खोप उपलब्ध हुनुअघि महामारी रोक्न र स्वास्थ्य प्रणालीलाई जोगाउन प्रतिबन्धले सहयोग गरेपनि अहिलेको अवस्थामा उचित नभएको उनको भनाइ छ ।

‘सरकारको हस्तक्षेपको अर्को रूप, जुन अर्थतन्त्रलाई निरन्तर नीतिगत सहयोग र कमजोर मानिसहरूलाई दिइने अनुदान हो, अझै धेरै आवश्यक छ’, उनले भने । यस क्षेत्रको आर्थिक पुनरुत्थानलाई दिगो बनाउन सरकारहरू सचेत हुनैपर्नेमा उनको जोड छ ।
डिसेम्बरमा एडीबीले ओमिक्रोनको द्रुत प्रसारलाई कारण देखाउँदै २०२१ को लागि आफ्नो क्षेत्रीय वृद्धि प्रक्षेपण ७.१ बाट ७ प्रतिशतमा घटाएको थियो । विकास बैंकले २०२२ का लागि आफ्नो अनुमान ५.४ बाट घटाएर ५.३ प्रतिशतमा परिमार्जन गरेको छ । अलजजिरा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७