‘रुसको कसैमाथि आक्रमण गर्ने नियत छैन’


२७ माघ २०७८, बिहीबार
14 Shares
russian envoy to eu1644422775

मस्को । युरोपेली संघ (ईयू) का लागि रुसी राजदूतले आफ्नो मुलुकले अझै युक्रेनको समस्या कूटनीतिक तरिकाले सुल्झाउन सकिने विश्वास लिएको बताएका छन् । बुधबार बीबीसीसँगको कुराकानीमा भ्लादिमिर चिज्कोभले रुसको कसैमाथि आक्रमण गर्ने नियत नरहेको बताए । तर, रुसको मनोविज्ञान परिवर्तन हुनेगरी कसैले निहुँ नखोज्नु महत्वपूणर् भएको चेतावनी पनि उनले दिएका छन् ।

युक्रेनको समस्यालाई लिएर सोमवार र मंगलबार फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले रुस र युक्रेन पुगेर गरेको कूटनीतिक दौडधुपपछि चिज्कोभको यो अभिव्यक्ति सार्वजनिक भएको हो । सुरुदेखि नै रुसले युक्रेनमा हमला गर्ने कुनै मनशाय नभएको बताउँदै आएपनि रुसले युक्रेनको सीमानामा एक लाख फौज तैनाथ गरेकाले पश्चिम जगत सशंकित रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यसैले अमेरिका लगायत केही युरोपेली मुलुकले रुसले युक्रेनमाथि कुनैपनि बेला आक्रमण गर्न सक्ने चेतावनी दिइरहेका छन् । युक्रेनको पूर्वी भागमा रुस समर्थित पृथकतावादीहरूसँगको द्वन्द्वको अन्त्यका लागि हस्ताक्षरित मिन्स्क सम्झौतालाई आधार मानेर युक्रेन समस्या सुल्झाउन सक्ने सल्लाहहरू पनि देखिन थालेका छन् ।

अमेरिकाका लागि फ्रान्सका राजदूत फिलिपे एटिएन्नेले मिन्स्कको सम्झौतालाई सम्भावित राजनीतिक समाधान निर्माणका लागि प्रयोग गर्न सकिने बताएका छन् । चाँडोमा बिहीबारसम्ममा पुनः म्याक्रोँको वार्ता कार्यक्रम सुरु हुनेछ । यस वार्तामा रुस, युक्रेन, फ्रान्स र जर्मनीको संलग्नता रहने छन् ।

jagdamba.cement

चिज्कोभले युक्रेनका सीमा क्षेत्रबाट फौज हटाउने रुसको योजना छ वा छैन भन्नेबारे केही बताएको छैन । बरु उनले रुसतर्फ प्रत्यक्ष रूपमा फर्केर बसेका युक्रेनी फौजबारे कसैले किन केही कुरा गर्दैनन् भन्ने प्रति प्रश्न गरेका छन् । तर थप वार्ताले अझै परिणामहरू निकाल्नेबारे आफू स्पष्ट रहेको उनले बताएका छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७