ओलीपछि आज शेखर कोइरालाले खुमलटारमा प्रचण्डसँग भेटवार्ता गर्दै


२७ माघ २०७८, बिहीबार
prachanda shekhar

काठमाडौं । केहि दिनअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास (बालकोट) पुगेर भेटवार्ता गरेका सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज (बिहीबार) सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने भएका छन् ।

त्यसका लागि डा. कोइराला अहिले बिहान ९ बजे प्रचण्ड निवास (खुमलटार) पुग्दै छन् । डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले अहिले बिहान ९ बजे खुमलटारमा भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

‘अहिलेको समसामयिक राजनीतिक विषयहरू एमसीसी, स्थानीय तहको चुनावलगायतबारे छलफल गर्ने कार्यक्रम छ’, उनले भने । एमसीसी विवाद चर्किएको तथा स्थानीय चुनावको मिति घोषणा भएको संवदेशनशील राजनीतिक परिस्थितिमा कांग्रेस नेता कोइरालाले विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफललाई तीव्र बनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७