प्रचण्डसँग भेट्दै शेखरले भने, ‘स्थानीय चुनावमा गठबन्धन स्वीकार गरिंदैन’


२७ माघ २०७८, बिहीबार
63 Shares
prachanda shekhar

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज (बिहीबार) विहान सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला बिहीबार बिहान खुमलटार पुगेका थिए । कांग्रेस नेता अमरेशकुमार सिंहसहित प्रचण्ड निवास खुमलटार पुगेका कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद् खुलाउनेलगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रचण्डसँगको भेटमा कोइरालाले संसद्लाई बन्धक बनाउन नहुने धारणा राखेका थिए । ‘संसद्लाई बन्धक नबनाऊ, जे-जे गर्ने हो संसद्बाटै छिनोफानो गरौं’, कोइरालाले अध्यक्ष प्रचण्डलाई गरेको आग्रह उद्धृत गर्दै थपलियाले भने, ‘जवाफमा प्रचण्डले गठबन्धनको कुरा गर्नुभयो ।’

ncll 2

प्रचण्डले स्थानीय चुनावमा गठबन्धन बनाएर जाऔं भनेर गरेको प्रस्तावलाई कोइरालाले अस्वीकार गरेका थिए । ‘वडा-वडामा गठबन्धन सम्भव छैन । केन्द्रबाट तोकेर एलाइन्समा चुनाव लड्ने कुरा म अन्तिमसम्म विरोध गर्छु, बरु चुनावपछि सहकार्य गर्न सकिन्छ’, प्रचण्डलाई कोइरालाको जवाफ थियो । यसअघि कोइरालाले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बालकोट पुगेर भेटेका थिए ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७