युक्रेन संकट कूटनीतिबाटै समाधान हुन सक्छ : रुस


२७ माघ २०७८, बिहीबार
Macron ukrine BkUiJ6FnDm

काठमाडौं । युरोपेली संघ (ईयू) का लागि रुसका राजदूत भ्लादिमिर चिजोभले कूटनीतिको माध्यमबाटै युक्रेन संकट समाधान गर्न सकिने बताएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले यस्तो धारणा राखेका हुन् ।

उनले युक्रेनमाथि आक्रमण गर्ने रुसको कुनै मनसाय नरहेकाले रुसलाई आफ्नो मनसाय बदल्नका लागि नउक्साउन चेतावनी दिएका छन् । युक्रेन संकट समाधानको लागि सोमबार र मंगलबार विभिन्न कूटनीतिक प्रयासहरु भएका छन् । यसैबीच रुसले यस्तो प्रतिक्रिया दिएको हो ।

यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले रुस र युक्रेनको भ्रमण गरेका छन् । अहिले युक्रेनको सीमामा रुसले करिब १ लाख सैनिक परिचालन गरेको छ । त्यसैले उसले अब युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका पश्चिमा मुलुकले गर्दै आएका छन् । यद्यपि रुसले भने निरन्तर आक्रमणको योजना नरहेको स्पष्ट पार्दै आएको छ ।

रुसले युक्रेनलाई नेटोमा सामेल हुनमा प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै आएको छ । अमेरिकाले भने यो माग अस्वीकार गरेको छ । रुसले युक्रेनमाथि पनि मिन्स्क सम्झौता पालना नगरेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७