जुम्लामा हिउँमा फसेका ३४ जनाको पाँच दिनपछि उद्धार


२७ माघ २०७८, बिहीबार

जुम्ला । जुम्लाको तातोपानीमा हिउँमा फसेका ३४ जनाको पाँच दिनपछि उद्धार भएको छ । तातोपानी गाउँपालिका-८ का ३४ जनालाई पाँच दिनपछि बुधबार उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयको समन्वयमा उनीहरूको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिए । उनीहरुगाग्रा पाटनमा सेतो चिनी (खिरौला) संकलन गर्न जाँदा माघ २१ गतेदेखि हिउँमा फसेका थिए ।

२३ माघमै उनीहरुको उद्धार गर्ने स्थानीय प्रशासनको प्रयास असफल भएको थियो । त्यतिबेला उद्धारका लागि हेलिकोप्टर पठाइएको भए पनि बाक्लो हिउँ जमेकाले हेलिकोप्टर अवतरण हुन नसकेपछि झन्डै दुई क्विन्टल खाद्यान्न झारेर फर्किएको थियो । बाक्लो हिउँ जमेर बाटो समेत नखुलेकाले उनीहरूको उद्धार हुन सकेको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७