परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता


२७ माघ २०७८, बिहीबार
exam board 1112

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेसागत माग पूरा गराउन आन्दोलनरत राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी सङ्घसँग व्यवस्थापनले वार्ता शुरु गरेको छ ।

गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्याल समक्ष पेस गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलनमा उत्रिएकामा आज वार्ता सुरु भएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए ।

सङ्घले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो । त्यो समयसम्म पनि माग पूरा नभएपछि कर्मचारी आन्दोलमा उत्रिएका हुन् । सङ्घका कर्मचारीले बुधबारदेखि बोर्डको कार्यालयभित्रै धर्ना दिइरहेका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७