ओमिक्रोन भेरियन्ट देखिएयता विश्वभर कोरोनाबाट पाँच लाख बढीको मृत्यु


२७ माघ २०७८, बिहीबार
corona death momery sPtKi7riVg

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएयता विश्वभर संक्रमणको कारण ५ लाखभन्दा धेरै मानिसको मृत्यु भएको बताएको छ ।

डब्ल्यूएचओका इन्सिडेन्ट म्यानेजर अब्दी महमदका अनुसार नोभेम्बरको अन्तिममा ओमिक्रोन भेरियन्टको उत्पत्ति भएयता अहलेसम्म १३ करोड नयाँ संक्रमित थपिएका छन् भने ५ लाखभन्दा धेरैको मृत्यु भएको छ ।

अत्यधिक संक्रामक भएकाले यो भेरियन्ट यसअघिको डेल्टा भेरियन्टमा हाबी भएको थियो । यद्यपि यो भेरियन्टमा यसअघिका भेरियन्टको तुलनामा स्वास्थ्य जटिलताको जोखिम भने कम देखिएको थियो । कोरोना खोप अभियान विश्वभर चलिरहेको अवस्थामा पनि ५ लाखभन्दा धेरै मानिसको मृत्यु हुनु चिन्ताको विषय रहेको महमदले बताए ।

‘सबैले अहिले ओमिक्रोन भेरियन्ट कम जोखिमपूणर् रहेको भनिरहेको बेला उनीहरुले ओमिक्रोन भेरियन्ट सुरु भएपछि ५ लाखभन्दा धेरै मानिसको मृत्यु भएको बिर्सिएका छन् । यो निकै दुःखपूर्ण छ’, उनले भने । डब्ल्यूएचओका अनुसार पछिल्लो समय नयाँ संक्रमितको संख्यामा कमी आए पनि अझै महामारी सकिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७