नगरसभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा


२७ माघ २०७८, बिहीबार
falebas nagarpalika1644462836

पर्वत । पर्वतको फलेवास नगरपालिकाले नगरसभा सम्पन्न भएको उपलक्ष्यमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
नगरपालिकाले दशौं नगरसभा सम्पन्न भएको उपलक्ष्यमा नगरपालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघसंस्थाहरुमा आज सार्वजनिक बिदा दिने निणर्य गरेको सूचना जारी गरेको छ ।

यद्यपि, मेयर पदमपाणि शर्माले भने दस्तावेजहरू बनाउन कर्मचारी खट्नु परेकाले अत्यावश्यक बाहेकका सेवा एक दिनका लागि बन्द गरिएको भन्दै यसलाई सार्वजनिक बिदाका रूपमा नबुझिदिन आग्रह गरेका छन् ।

273023122 704030924302986 5031902560901321485 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७