भारतको उत्तर प्रदेशमा विधान सभा चुनाव शुरु


२७ माघ २०७८, बिहीबार
UP Voting

काठमाडौं । भारतको उत्तर प्रदेशमा विधान सभाको चुनाव शुरु भएको छ । पहिलो चरणमा ११ वटा जिल्लामा ५८ सिटको लागि बिहान ७ बजेदेखि मतदान शुरु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

५८ जना विधान सभा सदस्यको लागि ६२३ जनाले उम्मेदवारी दिएका छन् । पहिलो चरणमा आज पश्चिमी उत्तर प्रदेशका दुई करोड २८ लाख मतदाताले मतदान गर्ने बीबीसी हिन्दीले जनाएको छ । जाट वेल्टको रुपमा चिनिने पश्चिमी उत्तर प्रदेशमा भारतीय जनता पार्टीले जाट समुदायका १७ जनालाई उम्मेदवार बनाएको छ । यस्तै, समाजवादी पार्टीले १२ तथा राष्ट्रिय लोक दल आरएलडीले ६ जना जाट समुदायका व्यक्तिलाई उम्मेदवार बनाएका छन् ।

यो चुनावमा समाजवादी पार्टी र आरएलडीले गठबन्धन गरेका छन् । सन् २०१७ मा भएको विधान सभा चुनावमा पश्चिमी उत्तर प्रदेशका ५८ सिटमध्ये ५३ सिटमा भारतीय जनता पार्टीले जितेको थियो । तर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले किसान आन्दोलनमा दमन गरेको, दलित र अल्पसङ्ख्यकलाई बेवास्ता गरेको, जातीय र धार्मिक राजनीति लागायतका कारण यस पटक भारतीय जनता पार्टीको मत घट्न सक्ने आंकलन गरिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७