एमसीसीको नयाँ सीईओमा एलिस अल्ब्राइट नियुक्त


२७ माघ २०७८, बिहीबार
alice albright222 n5K7KJkwZq

काठमाडौं । संयुक्त राज्य अमेरिकाको माथिल्लो सदन ‘यूएस सेनेट’ ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नयाँ प्रमुख कार्यकारी अधिकृतमा एलिस अल्ब्राइटलाई नियुक्त गर्ने राष्ट्रपतिको मनोनयनलाई अनुमोदन गरेको छ ।

एमसीसीले यसबारे प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । योसँगै एमसीसीका कार्यवाहक सीईओ मोहमद बाले एलिसलाई बधाई समेत दिएका छन् । एमसीसी अमेरिकी सरकारको स्वतन्त्र संस्था हो जसले विश्वको गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमा काम गर्दै आएको छ ।

यसको स्थापना सन् २००४ मा भएको थियो । यसले विभिन्न देशमा निश्चित अवधि र शर्त तोकेर आर्थिक अनुदान र सहायता दिँदै आएको छ । नेपालमा पनि विद्युत प्रसारणलाइन र सडक पूर्वाधारमा एमसीसी परियोजना आएको छ तर संसदबाट सम्झौता अनुमोदन गर्ने कि नगर्ने भन्नेमा दलहरु मतैक्य हुन सकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७