आर्थिक संकटले बेलायतको १,२२९ वर्ष पुरानो पब बन्द


२७ माघ २०७८, बिहीबार
2 Britains oldest pub closes after 1229 years1644475375

बेलायत । बेलायतकै सबैभन्दा पुरानो मानिएको एउटा पब स्थापनाको १,२२९ वर्षपछि आर्थिक कठिनाइका कारण बन्द भएको छ ।
बेलायतको सेन्ट अल्वान्सस्थित द ये ओल्डे फाइटिङ कक्स पबले सामाजिक सञ्जाल फेसबुकमार्फत कोभिड-१९ महामारीले सिर्जित आर्थिक समस्याका कारण सधैंका लागि बन्द गरिएको जनाएको छ । यस पबको वेबसाइटमा पहिलोपटक यसले सन् ७९३ मा ग्राहकहरूलाई मदिरा पिलाउन थालेको उल्लेख छ ।

फेसबुकमा यस पबका म्यानेजर क्रिस्टो टोफाल्लीले भनेका छन्, ‘आफ्ना सहकर्मीहरूसँग मिलेर पबलाई निरन्तरता दिन मैले यथाशक्य प्रयास गरेको छु । तर, विगत दुई वर्ष शिष्टाचारको यो उद्योगका लागि अप्रत्यासित साबित भयो । थुप्रै अवार्ड जितेको यो पबलाई भविष्यपर्यन्त चालु राख्ने हाम्रा सम्पूर्ण कडा प्रयास असफल भयो । महामारीमा जेनतेन हामी आर्थिक समस्यासँग जुध्दै आइरहेका थियौँ । तर, परिस्थिति नियन्त्रणभन्दा बाहिर गयो । यसरी पब बन्द गर्नुपरेकोमा साह्रै दुःख लागेको छ । यस पबको इतिहासको एक सानो हिस्सा मात्र हुन पाएकोमा पनि म गौरवान्वित महसुस गर्दछु ।’

सो पब रहेको भवनको मालिक मिचेल्स एन्ड बटलर्स ब्रुअरीले भविष्यमा यो पब पुनः खोलिन सक्ने सम्भावना रहेको जनाएको छ । ब्रुअरीका प्रवक्ताले सीएनएनलाई भनेका छन्, ‘अहिले हामी यस पबको भविष्यका लागि सम्भावित सम्पूर्ण अवसरहरूको खोजी गरिरहेका छौं । आशा छ, हामीले निकट भविष्यमा नै नयाँ व्यवस्थापनसहित पब सुचारु गर्न सकौंला ।’ यूपीआईबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७