एमसीसीबारेका ‘हल्ला’ प्रति अमेरिकी राजदूत बेरीको ‘असन्तुष्टि’


२०७८ माघ २७ बिहीबार ०७:३३ बजे

काठमाडौं । अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर नेपालमा भइरहेको विवादलाई लिएर राजदूत र्‍यान्डी जे बेरीले घुमाउरो किसिमले असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार ट्वीटरमार्फत बेरीले भनेका छन्, ‘म जान्न उत्सुक छु । तपाईंले अनलाइनमा अफवाहहरुको पहिचान कसरी गर्नुहुन्छ ? म जिज्ञासु छु, तपाईंले कसरी अनलाइनबाट जानकारी लिनुहुन्छ । चम्किला अक्षरबाट ? विश्वसनीय नभएका दावी गरिएका स्रोतबाट ? के तपाईंले सूचनाको तथ्य जाँच वा वैकल्पिक दृष्टिकोण एकीकृत गर्नुहुन्छ ?’

उनले उक्त ट्वीटर पोस्ट कुनै स्पष्ट कुराप्रति लक्षित नगरे पनि एमसीसीलाई लिएर नेपाली मिडिया र सामाजिक सञ्जालमा आइरहेका सूचनाप्रति लक्षित गर्दै असन्तुष्टि पोखेको कुरा बुझ्न कठिन छैन । ‘गलत सूचना’ ले ब्यापकता पाइरहेको भन्ने अमेरिकी गुनासो पहिलो पटक भने चाहिँ होइन ।

यसअघि नेपाल भ्रमणमा आएका बेला एमसीसी उपाध्यक्ष फतिमा सुमार र अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लूले पनि गलत सूचना (डिसइन्र्फेमसन) हावी भएको गुनासो गरेका थिए । राजदूत बेरीको यो ट्वीटलाई पनि लू र सुमारकै असन्तुष्टिको अर्को निरन्तरताको रुपमा हेरिएको छ । केहि दिलनअघि नेपाली सञ्चारमाध्यममा एमसीसीको विषयमा अमेरिकाको कूटनीतिक सक्रियता बढेको खबरहरु बाहिरिएका थिए ।

https://twitter.com/USAmbNepal/status/1491664763805474816?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1491664763805474816%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.nepalpress.com%2F2022%2F02%2F10%2F153987%2F

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७