राप्रपा पदाधिकारी बैठक धुम्बाराहीमा जारी, राणा र लोहनी पनि सहभागी


२७ माघ २०७८, बिहीबार
rajendra lingdel

काठमाडौं । राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी रहेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा भएको बैठकमा पूर्व अध्यक्ष पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको समेत सहभागिता रहेको छ ।

पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बस्न लागेको बैठकलाई महत्वका साथ गरिएको छ । बैठकमा थापा पक्षीय भनेर चिनिएका पदाधिकारीहरुको पनि सहभागिता छ ।

बैठकमा समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७