दुई वर्षअघि मृत्यु भएकी महिलाको शरीर कुर्सीमा बसेको बस्यै


२७ माघ २०७८, बिहीबार
old man

काठमाडौं । इटालीको उत्तरी भागमा पर्ने लोम्बार्डीस्थित कोमो शहरकी एक महिलाको शव उनको घरभित्रै कुर्सीमा बसिरहेको अवस्थामा फेला परेको छ ।

म्यारिनेल्ला बेरेट्टा भन्ने ती महिलाको दुई वर्ष अगाडि नै मृत्यु भएको तर अहिलेसम्म कसैले थाहा नपाउँदा कुर्सीमै बसिरहेको अवस्थामा उनको शव बल्ल फेला परेको हो । बेरेट्टा आफ्नो घरमा एक्लै बस्दै आएकी थिइन् ।

उनको घरको बगैंचामा रुख ढलेको, अरु रुखविरुवा र घाँस पनि निकै बढेको देखेर छिमेकीहरूले उजुरी गरेपछि दमकलका कर्मचारीहरू आएर निरीक्षण गर्दा घरभित्र महिलाको शव फेला परेको हो । बेरेट्टाको शव लिभिङ रुमको कुर्सीमा बसिरहेको अवस्थामा थियो र कुहिएको थियो ।

शरीर कुहिएको अवस्थालाई विश्लेषण गर्दा उनको मृत्यु सन् २०१९ को अन्त्यतिर भएको हुनसक्ने अनुमान गरिएको छ । उनको मृत्युको कारण पत्ता नलागेको अनुसन्धान अधिकारीहरूको भनाइ छ । उनका कुनै आफन्त भए नभएको लगायतका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

स्थानीय कोमो नगरपालिकाले उनको शवको अन्त्येष्टिको कार्यक्रम आयोजना गर्नेछ र उक्त अन्त्येष्टि समारोहमा सहभागी हुन सबै बासिन्दालाई अनुरोध गरेको छ । सीएनएनबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७