अमेरिकाले १० वटा विमानबाट ८० टन हतियार युक्रेन पठायो


२७ माघ २०७८, बिहीबार
80 4k3F7t0Cuf

काठमाडौं । अमेरिकाले १० वटा विमानद्वारा ८० टन हातहतियार युक्रेन पुर्‍याएको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले अमेरिकाबाट १० वटा विमानमा अत्याधुनिक हतियार राजधानी किभमा आइपुगेको पुष्टि गरेका हुन् ।

समग्रमा, अमेरिकाले हतियारका ४५ विमानहरू आपूर्ति गर्ने योजना बनाएको युक्रेनी सेनाको स्रोतले उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ । रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाख सैनिक तैनाथ गरेपछि अमेरिका र पश्चिमा देशले युक्रेनलाई सैन्य सहयोग गरिरहेका छन् ।

यस्तै उत्तर एटलान्टिक सैन्य सङ्गठन नेटोले पनि सहयोगीहरूलाई आफ्नो सैन्य समर्थन बढाउन आग्रह गरेको छ । रुसले भने आफ्नो छिमेकीलाई आक्रमण गर्न खोजेको आरोपलाई लगातार अस्वीकार गरेको छ । युक्रेन समस्याको शान्तिपूणर् समाधानको प्रयासमा बाधा पुर्‍याउने गरी नेटोको सैन्य गतिविधिले यसको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको रुसको भनाइ छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७