सुस्त मनस्थितिकी ११ वर्षकी बालिका गाडी चालकबाट बलात्कृत


२७ माघ २०७८, बिहीबार
Rape
सांकेतिक तस्वीर

गोरखा । गोरखामा एक सुस्तमनस्थितिकी बालिका बलात्कृत भएकी छन् । माछाखोलाकी ११ बर्षकी बालिकालाई मंगलबार साँझ एक सवारी चालकले बलात्कार गरेको बताइएको छ ।

चकलेट र पैसाको प्रलोभन देखाएर ललाइफकाइ बालिकालाई बलात्कार गरेको अभिभावकले जनाएका छन् । अभिभावकका अनुसार खाना खाने बेलामा बालिका र चालक सँगै हराएका थिए । खोजतलास गर्दा एकछिनपछि दुवै जना संगसंगै बाहिर निस्किएका थिए । बच्चाले असजिलो ब्यबहार गरेको र कोठाभित्र लगेर सोधपुछ गर्दा बलात्कार भएको पाइएको अभिभावको भनाइ छ ।

बुधबार बिहान मात्र अभिभावकले प्रहरीचौकी माछाखोलालाई खबर गरेका थिए । अभिभावकको निवेदन परेपछि चालक बूढानलीकण्ठ १३ कपन काठमाडौँका २७ बर्षका रितेश क्षेत्रीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाएको प्रहरी चौकीका असई रुद्र थापाले बताए ।

बुधबार सम्पर्कमा आएकी पीडित बालिकाको मेडिकल चेकजाँच गरिएको र बिहीबार मुद्धा दर्ता गर्ने जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७