मधेस माओवादीमय बन्ने भएपछि हत्याकाण्ड मच्चाइयो, विदेशीले नयाँ पार्टी बनाई दिए : प्रचण्ड


२७ माघ २०७८, बिहीबार
prachanda

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसवादी दल विदेशीले बनाई दिएको आरोप लगाएका छन् । नेकपा माओवादीमा प्रवेश गरेका नेताहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले मधेस माओवादीमय बन्ने भएपछि शान्ति सम्झौताका बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै ठूला षड्यन्त्र भएको दाबी गरेका छन् । आफ्नै निवासमा आयोजित कार्यक्रममा उनले भने, ‘मधेसको मुद्दा र मधेसी जनताको अधिकार स्थापित गर्ने पार्टी माओवादी नै थियो भन्ने लहर’ चलेको बेला माओवादीलाई रोक्न ठूला षड्यन्त्र भएको दाबी गरेका हुन् ।

‘मधेसको मुद्दालाई मधेसी जनताको अधिकारलाई स्थापित गर्ने पार्टी माओवादी नै थियो भन्ने लहर चल्दै थियो । यसलाई रोक्नका लागि निकै ठूला षड्यन्त्रहरु भए । राष्ट्रियस्तरबाट मात्रै होइन अन्तर्राष्ट्रियस्तरबाटै भए,’ प्रचण्डले भने, ‘मधेस माओवादीमय भयो भने नेपाल नै माओवादीमय हुन्छ र यसलाई कसैले रोक्नै सक्दैन भनेर निकै ठूलो भयानक हत्याकाण्ड मच्चाइयो । रुपन्देही कपिलवस्तुमा पनि भए । माओवादीले केही गर्न सक्दैन भनेर राजनीतिक रूपमा ठूलै भ्रम फैलाइए । विदेशी शक्तिले बनाई दिए त्यस्ता पार्टी । नेपाली र मधेसी जनताले बनाएको पार्टी पनि हैनन् तिनी । अर्कैको डिजाइनमा बन्यो तर भनियो मधेसको मसिहा हामी नै हो ।’

उनले मधेसको मसिहा भन्ने पार्टी नै अहिले गणतन्त्र, संघीयता, पहिचान विरोधी भएर निस्किएको बताए । उनले त्यस्ता पार्टीहरु केपी ओलीसँग साँठगाँठ गर्न पुगेको पनि बताए । अध्यक्ष दाहालले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, पहिचान र अधिकार स्थापित गर्ने सवालमा माओवादी आन्दोलन र माओवादी नेताको निणर्ायक भूमिका भए पनि देशका प्रतिक्रियावादी पुराना शासकहरुलाई स्वीकार्य नभएपछि षड्यन्त्रहरु भएको बताए । उनले अब लुम्बिनी र मधेस प्रदेश माओवादीमय हुने दाबी समेत गरे । त्यसक्रममा प्रचण्डले रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई माओवादी प्रवेश गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७