ललितपुरको लेलेमा ट्याक्सीभित्र चालक मृत फेला


२७ माघ २०७८, बिहीबार
death

ललितपुर । ललितपुरको लेलेमा ट्याक्सीभित्र चालक मृत्त फेला परेका छन् । बिहीबार बिहान पौने ११ बजेको समयमा बागमती गाउँपालिका-६ घर भई तिलगंगा बस्ने ४८ वर्षीय वीरबहादुर बम्जन मृत्त फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

गोदावरी नगरपालिका-५ स्थित लेले भञ्ज्याङको सडक छेउमा पार्किङ गरेको राखिएको बम्जनकै ट्याक्सीभित्र उनी मृत्त फेला परेका थिए । ट्याक्सीभित्र शव भेटिएपछि स्थानीयले गरेको खबरको आधारमा महानगरीय प्रहरी वृत्त चापागाउँबाट घटनास्थलमा प्रहरी पुगेको थियो ।
प्रहरीले ट्याक्सी बाहिर विषको बट्टा भेटिएको छ भने हाल प्रहरी निरीक्षक राजेन्द्र थापाको कमाण्डमा ५ जनाको टोली खटिएर अनुसन्धान शुरु गरिएको पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७