बालुवाटार पुगेर देउवालाई प्रचण्ड र माधव नेपालले भने, ‘एमसीसी पास गर्न सकिँदैन’


२७ माघ २०७८, बिहीबार
deuwa prachanda madhav

काठमाडौं । सत्तारुढ दलका दुई शीर्ष नेता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले तत्काल एमसीसी पास गर्न नसकिने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार बालुवाटारमा भेटेर उनीहरुले एमसीसी पास गर्न नसकिने बताएका हुन् । उनीहरुले जनस्तरबाट उठेका सबालहरूको सम्बोधन नगरी यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिएका थिए ।

अमेरिकी सहायता परियोजना एमसीसी फेब्रअरी २८ भित्र संसदबाट पास गर्नैपर्ने रस्सकस्सीबीच सत्तारुढ दलका नेताहरुले पास गर्न इन्कार गरेका हुन् । प्रधानमन्त्री देउवालेले जसरी पनि एमसीसी पास गर्नुपर्ने भन्दै गठबन्धनका नेताहरुलाई दबाब दिँदै आएका छन् ।
यसबीच उनले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई समेत एमसीसी पासका लागि सहयोग गर्न आह्वान गरेका थिए । तर गठबन्धन दलबीच नै एमसीसीबारे फरक-फरक मत रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७