कमल थापा अझै राप्रपा फर्किनेमा आशावादी छु : पशुपतिशम्शेर जबरा


२७ माघ २०७८, बिहीबार
pashupatishamsher jabara jWTnsZOQfE

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपतिशम्शेर जबराले भर्खरै पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापा फेरि पार्टीमा फर्किनेमा आशावादी रहेको बताएका छन् ।

आज बिहीवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीसँग बोल्दै पूर्व अध्यक्ष शम्शेरले यस्तो बताएका हुन् । उनले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निणर्य लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको बताए । उनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको बताए ।

पूर्व अध्यक्ष शम्शेरले भने, ‘यो अनपेक्षित घटना हो । उहाँको धेरै गुनासा सार्वजनिक भइसकेको थियो । तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौं भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निणर्य आयो, दुःख लाग्दो कुरा हो । तीनै चरणको चुनावमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ । उहाँ पार्टीमा फेरि फर्किनुहोस् भन्ने आशा छ ।’ पूर्व अध्यक्ष शम्शेरले आउँदो तीनै चरणको चुनावमा पार्टी गम्भीर भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७