चुनावका लागि ५० अर्ब माग छ, अर्थसँग १० अर्ब मात्रै छ : अर्थमन्त्री शर्मा


२७ माघ २०७८, बिहीबार
janardan

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आउँदो वैशाख ३० मा घोषित स्थानीय तहको चुनावका लागि ५० अर्ब माग भएको बताएका छन् ।

आज चालू आवको बजेट तथा खर्चको मध्यावधि समीक्षा कार्यक्रममा पत्रकारहरुसँगको अन्तरक्रियामा मन्त्री शर्माले त्यति धेरै बजेट अर्थसँग नभएको जानकारी गराएका हुन् । उनले भने, ‘चुनावका लागि अर्थसँग १० अर्ब मात्रै बजेट छ, माग चाहिँ ५० अर्बको आएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७