माओवादी केन्द्रीय कमिटी वैठक स्थगित, अन्योलमा पदाधिकारी चयन


२७ माघ २०७८, बिहीबार
perishdanda

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीबैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बैठक स्थगित भएको जानकारी दिएका छन् । उनले कोभिड जोखिम अझै कम भइनसकेकाले बैठक स्थगित गरिएको बताएका छन् ।

सरकारले पनि अझै २५ भन्दा धेरै मानिसलाई एकै ठाउँ भेला हुन निषेध गरिरहेको कुरालाई पनि मध्यनजर गर्दै बैठक स्थगित गरिएको ढकालले जानकारी दिए । ‘भोलि बस्ने गरी बोलाइएको बैठक स्थगित भएको छ । कोभिड महामारीका कारण सरकारले धेरै मानिस भेला गरेर कार्यक्रम नगर्न सुझाव दिएकाले यो निणर्य लिइएको हो’, ढकालले भने, ‘तर पछिल्लो समय माओवादीकै नेताहरुलाई कोभिड भएको भने जानकारी छैन ।’

माओवादीले पुस ११ देखि १८ सम्म गरेको आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षबाहेक अरु पदाधिकारी चयन गर्न सकेको छैन । यस्तै स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीले पनि पूणर्ता भएको छैन । माओवादीमा खास गरी महासचिव पदलाई नेताहरुबीच तानातान छ । यसअघि पनि माओवादीले दुई पटकसम्म केन्द्रीय समिति बैठक स्थगित गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७