वडाध्यक्षलाई कार्यकक्षमै विप्लवका कार्यकर्ताले दले मोसो


२७ माघ २०७८, बिहीबार
kalo moso 2jWEJ3l0Em

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले मोसो दलेका छन् ।

बिहीबार ६/७ जनाको समूहमा रहेका विप्लव कार्यकर्ताले बेलडाँडी गाउँपालिका-२ को कार्यालयमै वडाध्यक्ष खातीलाई मोसो दलेका हुन् । वडाध्यक्षले भ्रष्टाचार गरेकाले ‘जनकारबाही स्वरुप’ मोसो दलिएको विप्लव निकट युवा संघले बताएको छ । वडाध्यक्षले वडा कार्यालय गाउँपालिकामा राखेर अन्तै भाडा दिएको, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको, उपभोक्ता समितिद्वारा आफू अनुकूल काम गरेको आरोप विप्लव समूहले लगाएको छ ।

यस्तै वडा अध्यक्षले गाउँपालिका कार्यालयको पछाडि रहेको एकल महिलाहरुका लागि बनाएको भवनमा आर्थिक अनियमिता गरेको, वडा कार्यालयमा नजाने र कालिकिच उपभोक्ता समितिद्वारा निर्माण गरिएको सडकमा समेत आर्थिक अनियमितता गरेको युवा संगठन नेपाल कञ्चनपुरको आरोप छ ।

वडाध्यक्षलाई मोसो दलेर दुर्व्यवहार गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारीदिए । ‘६/७ जनाको समूहले मोसो दलेका रहेछन्,’ उनले भने, ‘उनीहरुमध्ये एक जनाको पहिचान भएको छ, अरुको खोजी भइरहेको छ ।’

moso biplov nDPbKnug1p

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७