प्रधानसेनापति शर्माले गरे खलंगा-तिंकर सडकको निरीक्षण


२७ माघ २०७८, बिहीबार
prabhuram sharma GT663HUbZO

दार्चुला । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन् ।

उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडक खण्डको हवाई निरीक्षण गरेका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

सरकारले गत वर्ष सदरमुकाम खलंगा-तिंकर सडकखण्डको आधा काम नेपाली सेनामार्फत गराउने निणर्य गरेको थियो । सोहीअनुसार सेनाको विकास दलले व्यास-२ कोठेधारदेखि दुम्लीङसम्मका विभिन्न खण्डमा सडक निर्माणको काम थालनी गरेको छ ।

विसं २०६५/६६ देखि निर्माण सुरु गरिएको यो सडकखण्ड कञ्चनपुरको ब्रह्देवदेखि दार्चुलाको तिंकरसम्म पुग्ने सामरिक महत्वको सडक हो । यसअघि नेपाली सेनाले साढे चार मिटर बढी घोरेटो बाटो समेत यस क्षेत्रमा काटेको छ ।

धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत यहाँ आएका शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा पनि छन् । दार्चुलामा रहेको गुरुगोरख गुल्मले महाकाली नगरपालिका-५ खेटबोकेमा थालेको तीन महिने नेपाली सेनाको तालिमको समापन लगत्तै प्रधानसेनापति शर्मा तिंकर सडकको निरीक्षणमा गएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७