कांग्रेस बैठकको निष्कर्ष : अन्योल हटाएर एमसीसी अघि बढाउने, सत्ता गठबन्धनबारे अहिले नबोल्ने


२७ माघ २०७८, बिहीबार
Karyasampadan Baithak1644487582

काठमाडौं । एमसीसीको विषयलाई लिएर सत्तारुढ गठबन्धनको विषयमा भइरहेको टीकाटीप्पणीविरुद्ध नेपाली कांग्रेसको कार्य सम्पादन बैठकमा छलफल भएको छ ।

कांग्रेसका पार्टी प्रवक्ता प्रकाशशरण महतले गठबन्धनको विषयमा अहिल्यै निणर्य गर्ने बेला नभएको बताएका छन् । बैठकमा भएको छलफल र निणर्यबारे जानकारी दिँदै उनले गठबन्धनबारे उपयुक्त निणर्य गर्ने बेला भइनसकेको बताएका छन् । ‘गठबन्धनको विषयमा निणर्य गर्ने बेला भएको छैन । सबै दलले आफ्नो आधारबारे मूल्यांकन गर्लान् । उपयुक्त समयमा निणर्य आउँछ’ उनले भने ।

नेपाली कांग्रेसले एमसीसीलाई अन्योल बनाइराख्न नहुने बताएको छ । प्रवक्ता डा. महतले एमसीसीलाई अन्योल बनाउन नहुने र संसद्लाई निणर्य गर्न दिनुपर्ने बताए ।

‘एमसीसीलाई अघि बढाउने कुरामा पार्टीको विमति छैन । सरकार लागिरहेको छ । संसद् नै सर्वोच्च निकाय हो । यो विषय पनि त्यहाँ प्रवेश गरियो भने जनतामा अफवाह फैलिरहेको छ । जनताका प्रतिनिधिले गुण र दोषको आधारमा निणर्य गर्नुहोला नि त । यो विषय अन्योल राखिनु हुँदैन’, उनले भने । संसदमा छलफल भए ठूलो बहुमतका साथ पारित हुनेमा आफू विश्वस्त रहेको उनले बताएका छन् ।

त्यस्तै बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने, भातृसंस्था र शुभेच्छुक संस्थाबारे के गर्ने विषयमा छलफल भएको उनले बताए । उनले विधानसम्मत सबै संगठनलाई प्रभावकारी बनाउने निणर्य भएको बताए । त्यस्तै एमसीसी र संसद गतिरोधका विषयमा पनि छलफल भएको प्रवक्ता महतले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७